कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने घोषणा
कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट अरब तथा अन्य अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। नागरिक उड्डयन महानिदेशनालयका महानिर्देशक शेख हुमौद मुबारक अल-सबाहका अनुसार विमानस्थलको प्रणाली, पूर्वाधारमा सुधार र सञ्चालन सुविधाको मर्मत-सम्भार तथा विकास कार्य सम्पन्न भएपछि उडान पुनः सञ्चालन गरिनेछ। सुरक्षित र सहज हवाई यातायात तथा यात्रु आवागमन सुनिश्चित गर्न आवश्यक परिचालन तयारी भइरहेको छ।
12 समाचार
·
6 दिन अघि