अमेरिकी आक्रमणबीच इरानसँगको वार्ता पेचिलो, तनाव बढ्यो
अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि 'आत्मरक्षात्मक' सैन्य कारबाही गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको दाबी गरिरहेकै बेला भएको यो कारबाहीले युद्धविरामको नाजुक अवस्थाबीच सैन्य तनाव र कूटनीतिक प्रयास एकैसाथ अघि बढेको सङ्केत गरेको छ। इरानले यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन तर कतारका माध्यमबाट अमेरिकासँग सम्भावित सहमतिबारे छलफल जारी राखेको छ।