सीआईबीले ५६ जनाको सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डलाई पत्र पठायो
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भन्दै दीपक भट्टसँग जोडिएका ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको छ। सीआईबीले अनुसन्धान अवधिभर सम्बन्धित व्यक्तिहरूको सेयर बिक्री, हस्तान्तरण तथा कारोबार रोक्का राख्न र उनीहरूको नाममा रहेको सम्पूर्ण लगानी तथा धितोपत्र कारोबारको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।