खाद्य विभागले ‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन भन्दै बजारबाट फिर्ता गर्न आदेश दियो
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘तेज’ ब्रान्डको तोरी तेल प्रयोगशाला परीक्षणमा गुणस्तरहीन र न्यूनस्तरको पाइएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागका अनुसार उक्त तेल नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ। यससँगै, सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न र बिक्री वितरण नगर्न/नगराउन निर्देशन दिइएको छ।