नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनिया र संक्रमणका कारण अस्पताल भर्ना
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। विगत तीन दिनदेखि रुघाखोकी र ज्वरो आएका कारण स्वास्थ्य परीक्षण गर्दा उनमा निमोनिया र रगतमा संक्रमण पुष्टि भएको हो। चिकित्सकहरूको सुझावपछि उनलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको छ।