हवाई टिकटमा भ्याट यथावत्, जहाजका पार्टपुर्जामा खारेज; भ्याटमा बहुदर प्रणाली सुरु
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) यथावत् राखेको छ, तर जहाजका पार्टपुर्जा खरिदमा लाग्ने भ्याट भने खारेज गरेको छ। यसका साथै, सरकारले पहिलोपटक भ्याटमा बहुदर प्रणाली सुरु गरेको छ, जसमा बिजुली खपत र राइड सेयरिङमा ५ प्रतिशतका दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ।