पाँच अमेरिकी सर्तले अड्कियो इरान शान्ति वार्ता- ट्रम्पको नयाँ चेतावनीले माहोल झन् बिगारेको हो ?
▸ यस स्टोरीको अंश: अमेरिकामा एयर शोका क्रममा नौसेनाका दुई लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
अमेरिका र इरानबीच जारी युद्धविरामका बावजुद द्वन्द्व स्थायी रूपमा रोकिनुको साटो थप जटिल बन्दै गएको छ । युद्ध अन्त्य गर्ने वार्तामा गतिरोध उत्पन्न भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै समय घर्किरहेको बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसियल' मा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, 'इरानको लागि घडी टिकिरहेको छ र उनीहरूले तुरुन्तै कदम चाल्नुपर्छ, छिटो नत्र उनीहरूका निम्ति केही पनि बाँकी रहनेछैन । समय महत्त्वपूर्ण छ ।'
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›