उपराष्ट्रपति यादव र चिनियाँ राजदूतबीच भेटवार्ता

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र चिनियाँ राजदूत माओमिङबीच द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगबारे छलफल
www.kathmandupati.com · 2 दिन अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको छ । भेटमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचार विमर्श भएको छ । उपराष्ट्रपति यादवले चीनको प्रगतिको सराहना गर्दै व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकोमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू