आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षा क्षेत्रमा १ खर्ब २० अर्ब बजेट विनियाेजन
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा क्षेत्रतर्फ १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै जीवनचक्रका विभिन्न चरणमा हुने जोखिमबाट नागरिकलाई संरक्षण गर्ने उद्देश्यले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिएको बताउनुभयो । सरकारले अटिजम भएका बालबालिकालाई लक्षित गर्दै पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्ने व्यवस्था गरेको छ । त्यसैगरी, गिग वर्कर (जस्तै राइड सेयर, डेलिभरी तथा अनलाइन प्लेटफर्ममा काम गर्ने श्रमिक) लाई औपचारिक श्रम र सामाजिक सुरक्षा प्रणालीको दायरामा ल्याइने नीति पनि बजेटमा समावेश गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रम विस्तारमार्फत असहाय, वृद्ध, अपांगता भएका व्यक्ति तथा जोखिममा रहेका समूहलाई थप संरक्षण दिने सरकारको लक्ष्य रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›