ठूलो स्वरमा डिजे नबजाउन अनुरोध
▸ यस स्टोरीको अंश: हेटौंडा–पथलैया सडकखण्डको बस्तीमा डोजर चल्यो, ७० भन्दा बढी होटल व्यवसायी विस्थापित
जिल्ला प्रशासन कार्यालय सप्तरीले ठूलो स्वरमा बाजा तथा डिजे बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासनले सप्तरीमा विवाह, चाडपर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमका अवसरमा ठूलो स्वरमा डिजे र बाजा बजाउँदै आएको कारण यस्तो आग्रह गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा शुक्रबार जारी सूचनामा सार्वजनिक बाटो तथा बस्ती क्षेत्रमा ठूलो आवाजमा डिजे तथा बाजा बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै मानवीय स्वास्थ्य, अध्ययन तथा शान्त वातावरणमा नकारात्मक असर परेको जनाउनु भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›