सेयर बजार परिसूचक र कारोबार दुवैमा गिरावट

prasashan.com · 1 दिन अघि

मंगलबार सेयर बजार सूचकांक घट्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन २७ अंकले वृद्धि भएको बजार आज भने ९.२४ अंकले ओरालो लागेको हो। सो गिरावटपछि समग्र नेप्से सूचक २ हजार ७७७ अंकको तहमा कायम भएको छ। बजार सूचकसँगै कारोबार रकममा पनि कमी आएको देखिएको छ। अघिल्लो दिन ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू