एकैदिन ५५ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो 

www.lokpath.com · 1 दिन अघि

नेपालमा बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ५५ सयले घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ सय १५ रुपैयाँले घटेको हो । हिजो बुधबार ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू