पाउन सक्छ स्वास्थ्य बिमाले नयाँ जीवन !
▸ यस स्टोरीको अंश: स्वास्थ्य बिमा कोषमा सुर्ती, मदिरा र चिनीयुक्त पदार्थको कर जम्मा गर्ने तयारी
त्रिवि शिक्षण अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रजस्ता अग्रणी सरकारी अस्पतालहरूले भुक्तानी नपाएपछि स्वास्थ्य बिमाअन्तर्गत सेवा रोक्नु प्रशासनिक समस्यामात्र होइन राज्यको सामाजिक दायित्वमाथिकै प्रश्न हो । राज्यले अस्पतालहरूलाई दिनुपर्ने रकम भुक्तान नपाएपछि सेवा रोकिएको हो भने त्यसलाई अर्घेल्याइँ भन्न पनि मिलेन । यस्तो अवस्थामा सरकारले सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा लाग्ने कर सिधै स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने तयारी गरेको समाचार सही हो भने यो नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि हुनेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›