ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
▸ यस स्टोरीको अंश: सांसद अवालले क्यान्सर औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराइन्
ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›