देउराली जनताले ९ महिनामा कमायो साढे १ अर्ब; चितवनमा नयाँ उद्योग खोल्न ५ अर्ब ऋण
▸ यस स्टोरीको अंश: सरकारले भ्याट दर १०% मा झार्ने, निजी क्षेत्रलाई राहतको अपेक्षा
नेपालको औषधी उत्पादन क्षेत्रमा तीन दशक लामो इतिहास बोकेको देउराली जनता फर्मास्युटिकल्सले चितवनमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्न ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले १ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, यद्यपि अघिल्लो वर्षको तुलनामा व्यापारमा करिब ३ प्रतिशतको गिरावट देखिएको छ। इक्रा नेपालले कम्पनीको कुल ५ अर्ब २९ करोड ३० लाख रुपैयाँ बराबरको बैंक ऋण सीमाका लागि रेटिङ दिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›