आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ : पूर्वराष्ट्रपति भण्डारी
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन् । १९औँ गणतन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले भनिन्, “गणतन्त्र दिवसको यस सुखद अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।”
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित