‘चलचित्रको योगदानलाई सम्मान गरिन्छ’
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ‘कान्स फिल्म फेस्टिभल’ मा ‘एलिफेन्ट्स इन द फग’ चलचित्रले जुरी प्राइज जित्नु नेपाली चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चलचित्र टोलीलाई स्वागत गर्दै मन्त्री तिमिल्सिनाले चलचित्रको योगदानलाई सम्मान गर्ने र प्रोत्साहन गर्ने विषयमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पनि चलचित्रकर्मीलाई बधाई दिँदै यो उपलब्धि देशकै भएको बताए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›