एसियाली खेलकुदका लागि एनओसी र पेलियटबीच प्रायोजन सम्झौता
▸ यस स्टोरीको अंश: नेपाल ओलम्पिक कमिटी र पेलियटबीच एसियाली खेलकुद र ओलम्पिकका लागि पोशाक प्रायोजन सम्झौता
नेपाल ओलम्पिक कमिटीले आगामी एसियाली खेलकुद तथा ओलम्पिक प्रतियोगिताका लागि चिनियाँ खेल सामग्री ब्रान्ड ‘पेलियट’सँग प्रायोजन सम्झौता गरेको छ। सातदोबाटोस्थित एनओसी भवनमा आयोजित कार्यक्रममा पेलियटका उपाध्यक्ष चाओ ली तथा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार पेलियटले २०औँ एसियाली खेलकुद तथा सन् २०२८ मा आयोजना हुने लस एन्जलस ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई आवश्यक खेल सामग्री तथा पोशाक उपलब्ध गराउनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित