स्वास्थ्य संस्थामा करोडौँका उपकरण प्रयोगविहीन
▸ यस स्टोरीको अंश: विश्व उच्च रक्तचाप दिवस मनाइँदै, खानपान र जीवनशैलीमा सचेत रहन चिकित्सकको सुझाव
सरकारी अस्पतालमा करोडौँ रुपियाँमा खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण बर्सौंदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन् । महालेखा परीक्षकको प्रतिवेदन २०८१/८२ अनुसार दक्ष जनशक्ति अभाव, कमजोर योजना, मर्मतसम्भारमा लापर्बाही तथा व्यवस्थापनको फितलो अवस्थाका कारण राज्यको ठुलो लगानी जोखिममा परेको छ । प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा करिब पाँच करोड ३७ लाख ८२ हजार रुपियाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि नै सञ्चालनमा आउन सकेको छैन ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›