नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक जारी

यस स्टोरीको अंश: पाथीभरा केबलकार परियोजना खारेजीको माग गर्दै पहिचानवादीद्वारा आन्दोलन
gorkhapatraonline.com · 6 दिन अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको उपस्थितिमा सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा जारी रहेको छ । धनगढीको एक होटलमा जारी बैठकमा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरूको उपस्थिति रहेको छ । बैठकमा दलका नेता खगराज भट्टले शीर्ष नेतृत्वलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको अवस्थाबारे जानकारी गराउने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू