सरकारी अस्पतालका गोदाममा करोडौँका उपकरण प्रयोग विहीनतामाथि महालेखापरीक्षकको प्रश्न

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायो
prasashan.com · 1 हप्ता अघि

सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा रु. ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा औँल्याइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू