लक्ष्मी सनराइज बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच २.५ करोड डलरको कर्जा सम्झौता
बेलायतको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) र लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको छ। यस सम्झौताले नेपालका लघु, साना तथा मझौला उद्यम (MSMEs) लाई वित्तीय पहुँच विस्तार गर्ने र विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। यस लगानीमार्फत लक्ष्मी सनराइज बैंकले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसको ३० प्रतिशत हिस्सा महिला नेतृत्वका व्यवसायका लागि छुट्याइने छ।
10 समाचार
·
10 घण्टा अघि
कामना सेवा विकास बैंकले पशुपति माविलाई कुलर सहयोग
कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको श्री पशुपति माध्यमिक विद्यालयलाई ३ थान कुलर हस्तान्तरण गरेको छ। बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले प्रधानाध्यापक बेद नारायण भट्टराईलाई कुलर हस्तान्तरण गरेका हुन्। गर्मीमा विद्यार्थीलाई अध्ययनमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले यो सहयोग गरिएको हो।
5 समाचार
·
54 मिनेट अघि
बाली बीमामा ८२% गिरावट, अनुदान कडाइ र प्राविधिक जटिलता कारक
नेपालमा बाली बीमालेखको संख्या र बीमांक रकममा भारी गिरावट आएको छ, जसले कृषि क्षेत्रको नीति र यथार्थबीचको खाडल देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा बाली बीमालेखको संख्या ८२.७५ प्रतिशतले घटेर १ हजार ६७८ मा सीमित भएको छ भने कुल बीमांक रकम पनि १९२.८५ करोड रुपैयाँमा झरेको छ। यस गिरावटको मुख्य कारण सरकारले अनुदान वितरणमा गरेको कडाइ, विगतमा भएको राज्यकोषको दोहन र प्राविधिक जटिलतालाई मानिएको छ।
5 समाचार
·
1 दिन अघि
एनएलजी इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौटका लागि बीमितलाई ३५ दिनको समय दियो
एनएलजी इन्स्योरेन्स कम्पनीले २०८२ चैत मसान्तसम्मको बीमा दाबी फर्छ्यौट प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले अपुग कागजात भएका दाबीहरूका लागि ३५ दिनको समय दिएको छ। यस अवधिमा सम्पर्कमा नआएका दाबी फाइलहरू बन्द गरिने कम्पनीले जनाएको छ।
4 समाचार
·
1 दिन अघि
इप्पानमा विधान संशोधन विवाद: कार्यसमिति सर्वसम्मत कि चुनावबाट?
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आगामी जेठ २९ गते हुने निर्वाचनलाई लिएर विधान संशोधनको विषयमा आन्तरिक विवाद चर्किएको छ। २३औं साधारण सभाले 'वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने' पुरानो प्रावधान हटाउने निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा ऊर्जा उद्यमीहरू विभाजित भएका छन्। यस विवाद समाधानका लागि जेठ १० गते कार्यसमितिको बैठक बोलाइएको छ।
4 समाचार
·
3 दिन अघि
बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो
नेपाल बीमा प्राधिकरणले 'दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन, २०८१' लाई समयानुकूल, व्यवहारिक र प्रभावकारी बनाउन संशोधन गर्ने भएको छ। यसका लागि प्राधिकरणले सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित र सर्वसाधारणलाई १५ दिनभित्र आफ्ना राय तथा सुझावहरू पेश गर्न आग्रह गरेको छ।
5 समाचार
·
3 दिन अघि