कोसी प्रदेश सरकारद्वारा हलेसी र बराहक्षेत्र विकास समितिका लागि कार्यकारी निर्देशक नियुक्त
कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राई र बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अभिझाल विष्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले यो जानकारी दिएका छन्। बैठकले आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट आयोजनाको कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ।
9 समाचार
·
1 दिन अघि