क्यानडा पठाउने भन्दै डेढ करोड ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीका नाममा क्यानडा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले डब्लूडब्लूआईसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका दुई भारतीय नागरिक अमित कुमार र राहुल कुमारलाई काठमाडौंबाट पक्राउ गरेको छ। उनीहरूले बिजनेस स्टार्टअप भिसामा क्यानडा लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति ८० हजार अमेरिकी डलरसम्म लिई हालसम्म ४ जना पीडितबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
7 समाचार
·
18 घण्टा अघि