राहुल कुमार

वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिकाजस्ता देशमा पठाइदिने भन्दै पीडितहरूबाट लाखौंदेखि करोडौं रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोप छ।

22 समाचार · 11 घण्टा अघि
विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अमितकुमार र राहुलकुमारले क्यानडा पठाउने भन्दै रु एक करोड ५७ लाखभन्दा बढी ठगी गरेको अभियोग छ। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

4 समाचार · 16 घण्टा अघि
क्यानडा पठाउने भन्दै डेढ करोड ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ क्यानडा पठाउने भन्दै डेढ करोड ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

वैदेशिक रोजगारीका नाममा क्यानडा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले डब्लूडब्लूआईसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका दुई भारतीय नागरिक अमित कुमार र राहुल कुमारलाई काठमाडौंबाट पक्राउ गरेको छ। उनीहरूले बिजनेस स्टार्टअप भिसामा क्यानडा लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति ८० हजार अमेरिकी डलरसम्म लिई हालसम्म ४ जना पीडितबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

7 समाचार · 18 घण्टा अघि

प्रायः यिनीहरूसँग