राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीच एकताले राष्ट्रिय भावना प्रगाढ बनाउने
राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्दै विविधताबीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ बनाउने बताएका छन् । यस पर्वले मातृभूमिसँगको सम्बन्ध प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उनको भनाइ छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि बकर इदले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई सबल बनाउने शुभकामना दिएका छन् ।
8 समाचार
·
8 घण्टा अघि