नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु, हजारौं श्रद्धालुको सहभागिता
कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वको अवसरमा मेला लागेको छ। सोमबार रातिदेखि सुरु भएको यो मेला मङ्गलबार साँझसम्म चल्नेछ, जसमा नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु भक्तजन सहभागी भएका छन्। यस पर्वका अवसरमा मन्दिरमा विशेष पूजा, भजनकीर्तन र धार्मिक अनुष्ठानको आयोजना गरिएको छ।
3 समाचार
·
10 घण्टा अघि
जगद्गुरु शंकराचार्य विधुशेखर भारतीले चन्द्रागिरि भालेश्वर महादेवको दर्शन गरे
दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले “धार्मिक विजय यात्रा नेपाल–२०२६” को अवसरमा चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना गरेका छन्। चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल र सञ्चालक समितिका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए।
3 समाचार
·
1 दिन अघि
खप्तडमा गंगा दशहरा मेला: चार जिल्लाको संगमस्थलमा धार्मिक उल्लास
सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गंगा दशहराको अवसरमा धार्मिक मेला लागेको छ । यो मेलाले देश विदेशका भक्तजनलाई आकर्षित गरिरहेको छ । त्रिवेणी धाममा स्नान, पूजाआजा र धार्मिक अनुष्ठानमा सहभागी हुन हजारौँ श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
4 समाचार
·
1 दिन अघि
मलमासको अवसरमा गेरुका धाममा एकमहिने स्नान मेला सुरु
महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित खुट्टा पिपरारी क्षेत्रमा प्रत्येक तीन वर्षमा एकपटक पर्ने मलमास (पुरुषोत्तम मास) को अवसरमा एक महिने गेरुका स्नान मेला सुरु भएको छ । आइतबारदेखि सुरु भएको यस मेलामा हजारौं श्रद्धालु भक्तजनले पवित्र स्नान, पूजाआराधना र दर्शन गरिरहेका छन् । धार्मिक ग्रन्थ तथा जनविश्वास अनुसार यस नदीमा स्नान गरे पापबाट मुक्ति मिल्ने र मनोकामना पूरा हुने विश्वास छ ।
4 समाचार
·
1 दिन अघि