नेपाल प्रहरीद्वारा पहिलो ह्याकाथन आयोजना, ‘ह्याक फर सेफ्टी’ कार्यक्रमका लागि आवेदन खुल्ला
नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमा ‘ह्याक फर सेफ्टी’ नामक ह्याकाथन आयोजना गर्दैछ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ३० र ३१ जेठमा आयोजना गर्ने यो कार्यक्रमको उद्देश्य प्रविधिको प्रयोगमार्फत सार्वजनिक सुरक्षा सुदृढ बनाउनु र प्रहरी-नागरिक सम्बन्ध सुमधुर पार्नु हो। देशभरका डेभलपर, प्रोग्रामर र प्रविधिमा रुचि राख्ने जोकोहीले यसमा निःशुल्क सहभागिता जनाउन सक्नेछन्।
3 समाचार
·
3 दिन अघि