जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नीतिगत समन्वय आवश्यक: विज्ञ
जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग-अलग विषयका रूपमा हेर्ने प्रवृत्तिले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड दिएका छन् । जलवायुजन्य जोखिमको सामना गर्न स्थानीय समुदायको उत्थानशीलता र ‘हानि–नोक्सानी’ (लस एन्ड ड्यामेज) कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनीहरूको ठम्याइ छ । यसका लागि सरकारी निकायहरूबीच एकीकृत कार्ययोजना आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।
4 समाचार
·
16 घण्टा अघि
भेस्पा-अप्रिलिया स्कुटर यात्राले बुटवलको टाइगर फरेस्टमा पर्यटन प्रवर्द्धनको सन्देश दियो
बुटवलस्थित भेस्पा र अप्रिलिया शोरुमको आयोजनामा विशेष स्कुटर यात्रा सम्पन्न भएको छ। करिब ४२ किलोमिटरको यात्रापछि सहभागीहरू तिलोत्तमा नगरपालिकाको टाइगर फरेस्ट होटल पुगेका थिए, जहाँ उनीहरूलाई आत्मीय स्वागत गरिएको थियो। यस कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको सन्देश दिएको छ।
7 समाचार
·
1 दिन अघि
नेपाल प्रहरीद्वारा पहिलो ह्याकाथन आयोजना, ‘ह्याक फर सेफ्टी’ कार्यक्रमका लागि आवेदन खुल्ला
नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमा ‘ह्याक फर सेफ्टी’ नामक ह्याकाथन आयोजना गर्दैछ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ३० र ३१ जेठमा आयोजना गर्ने यो कार्यक्रमको उद्देश्य प्रविधिको प्रयोगमार्फत सार्वजनिक सुरक्षा सुदृढ बनाउनु र प्रहरी-नागरिक सम्बन्ध सुमधुर पार्नु हो। देशभरका डेभलपर, प्रोग्रामर र प्रविधिमा रुचि राख्ने जोकोहीले यसमा निःशुल्क सहभागिता जनाउन सक्नेछन्।
3 समाचार
·
3 दिन अघि
राष्ट्रिय जनमोर्चाद्वारा संविधान संशोधनबारे सरोकारवालाहरूसँग अन्तरक्रिया
राष्ट्रिय जनमोर्चाले बुटवलमा संविधान संशोधनको आवश्यकता, संघीयताको औचित्य र राष्ट्रियताका विषयमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूले गणतन्त्र र राष्ट्रियताको विषयमा अस्थिरता ल्याउने संशोधन स्वीकार्य नहुने, संविधानको संस्थागत विकास र समावेशितालाई बलियो बनाउने गरी संशोधन हुनुपर्नेमा जोड दिए। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशलाई कमजोर बनाएको र राष्ट्रियताको रक्षाका लागि व्यापक संशोधनको माग गरेका छन्।
4 समाचार
·
3 दिन अघि
राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन म्याद थप्यो
राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद असोज १४ गतेसम्म थप गरेको छ। यो प्रदर्शनी युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत आयोजना हुन लागेको हो। यस कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीले आवेदन दिन सक्नेछन्।
3 समाचार
·
6 दिन अघि