छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि हुने
नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले जेठ १७ देखि १९ गतेसम्म काठमाडौँस्थित चलचित्र विकास बोर्डमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । महोत्सवमा विभिन्न समुदायका कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवले आदिवासी जनजातिको भाषा, इतिहास, भूमि र संस्कृतिको जगेर्ना गर्ने आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिएका छन् ।
3 समाचार
·
4 घण्टा अघि