म्याग्दीका रेशम छन्त्यालले भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरी आत्मनिर्भर बने
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन्। उनले हाल ८० घर मौरी पालेर वार्षिक ३०० लिटर मह उत्पादन गरी घरबाटै बिक्री गरिरहेका छन्। छन्त्यालले आठ वर्षअघि भेडा बेचेर मौरीपालन सुरु गरेका हुन्।
8 समाचार
·
2 दिन अघि