बाजुराबाट हुम्लाकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
बाजुराको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी १९ वर्षीया ललिता नेपालीलाई छ दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले महिला, बालबालिका मन्त्रालयको समन्वयमा यो उद्धार कार्य सम्पन्न गरेको जनाएको छ।
19 समाचार
·
6 दिन अघि