क्रिस गेलले वैभव सूर्यवंशीलाई 'नयाँ सिक्स मेसिन' भनेपछि कीर्तिमान तोडियो
वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीलाई 'नयाँ सिक्स मेसिन' को संज्ञा दिएका छन् । सूर्यवंशीले जारी आइपिएलमा क्रिस गेलको एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान तोडेका हुन् । सूर्यवंशीले यस सिजन अहिलेसम्म ६५ छक्का प्रहार गरेका छन्, जुन २०१२ मा गेलले प्रहार गरेको ५९ छक्काको कीर्तिमानभन्दा बढी हो ।