पर्यटन विधेयक २०८३ माथि प्रतिनिधिसभामा छलफल, मन्त्री पौडेलले समाज लाभमा जोड दिए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकका समस्या समाधानमा पर्यटन उद्योगले योगदान दिन सक्नेगरी नीति बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै मन्त्री पौडेलले पर्यटनलाई प्रकृति र संस्कृतिसँग जोडेर लैजानुपर्ने र यसको व्यवस्थापकीय क्षमतालाई कानुनले नियमन गरी पर्यटकीय गतिविधिको लाभ समाजले पाउनुपर्नेमा जोड दिए।