रुपन्देहीमा नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर र केही नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका अब्दुल हमिद र रुपन्देहीका अनिल पासी रहेका छन्। प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरुलाई नोट छाप्ने सामग्रीसहित नियन्त्रणमा लिएको हो।
4 समाचार
·
5 दिन अघि