फिलिपिन्समा निर्माणाधीन भवन ढल्यो, दर्जनौँ कामदार फसेको आशंका
फिलिपिन्सको राजधानी मनिला नजिकै एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढलेको छ। यस दुर्घटनामा दर्जनौँ कामदार फसेको आशंका गरिएको छ, जसमध्ये कम्तीमा २२ जनालाई जीवितै उद्धार गरिएको छ। प्रहरीका अनुसार आँधीबेहरीका बीच भवन ढलेको थियो र उद्धार अभियान तीव्र पारिएको छ।
5 समाचार
·
3 दिन अघि