तेह्रथुम

म्याङ्लुङको नामकरण र सिंहवाहिनी भगवतीको रहस्यबारे स्थानीय किंवदन्ती म्याङ्लुङको नामकरण र सिंहवाहिनी भगवतीको रहस्यबारे स्थानीय किंवदन्ती

तेह्रथुमको म्याङ्लुङ बजारमा बिरालोको विशाल स्तम्भ, शताब्दीऔँ पुरानो पिपलको वृक्ष र सिंहवाहिनी भगवतीको ढुङ्गे आकृतिले यस ठाउँको पहिचान र इतिहासलाई दर्शाउँछन्। स्थानीय बुढापाका र जानकारहरूका अनुसार, यी सबैको उत्पत्ति र 'म्याङ्लुङ' नामकरणसँग जोडिएका रहस्यमय कथाहरू छन्।

3 समाचार · 4 दिन अघि
नारायणी मेमोरियल फाउन्डेसनले तेह्रथुमका २५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्‍यो नारायणी मेमोरियल फाउन्डेसनले तेह्रथुमका २५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्‍यो

नारायणी मेमोरियल फाउन्डेसनले तेह्रथुम जिल्लाका १० वटा विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति वितरण गरेको छ । आठराई गाउँपालिका वडा नम्बर ५ छातेढुङ्गामा आयोजित समारोहमा छात्रवृत्ति वितरण गरिएको हो । फाउन्डेसनका सचिव प्रदीप पाठकका अनुसार संस्थाले झापा, मोरङ, तेह्रथुम र ताप्लेजुङ जिल्लाका १०० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिबाट लाभान्वित बनाएको छ ।

4 समाचार · 4 दिन अघि
डिप्रोक्स लघुवित्तद्वारा कोशी प्रदेशका २३० किसानलाई व्यवसायिक पशुपालन तालिम डिप्रोक्स लघुवित्तद्वारा कोशी प्रदेशका २३० किसानलाई व्यवसायिक पशुपालन तालिम

पशु सेवा तालिम केन्द्र दुहवी, सुनसरीको आयोजना र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा कोशी प्रदेशका विभिन्न जिल्लामा व्यवसायिक पशुपालन सम्बन्धी छ दिने स्थलगत तालिम सम्पन्न भएको छ । यस तालिममा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र संखुवासभा जिल्लाका २३० जना पशुपालक सदस्य सहभागी भएका थिए । तालिमको मुख्य उद्देश्य ग्रामीण महिला सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई व्यवसायिक पशुपालनतर्फ प्रोत्साहित गर्नु रहेको छ ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग