दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले माइतीघर मण्डलामा दीपा नेपालीले कोठा खाली छ सरकार? भन्दै सत्याग्रह धर्ना बसेको विषय संसद्मा जानकारी गराउँदै संविधानमा समता र छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि व्यवहारमा कार्यान्वयन फितलो रहेको बताइन्। सांसद घतानीले दलित समुदायका शिक्षित वर्गले समेत जातकै कारण विभेद भोग्नुपरेको यथार्थ घटना सुनाउँदै मानवअधिकारको संरक्षण गर्न सरकारलाई अनुरोध गरिन्।
13 समाचार
·
5 दिन अघि