नेपाल–चीन सीमा बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षामा जोड
नेपाल र चीनबीच रसुवाको धुञ्चेमा सम्पन्न सीमा समन्वय बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ। बैठकमा दुई देशका अधिकारीहरूले सीमा सुरक्षा, व्यापार सहजीकरण र आपसी समन्वयका विषयमा छलफल गरेका थिए। केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र सहजीकरणका लागि नेपाली पक्षले चिनियाँ अधिकारीसमक्ष आग्रह गरेको छ।
12 समाचार
·
5 दिन अघि