न्युरोडमा अवैध भेप कारोबारमा प्रहरीको छापा, ठूलो परिमाणमा बरामद
काठमाडौंको न्युरोड क्षेत्रमा अवैध रूपमा विद्युतीय चुरोट (भेप) बिक्री वितरण तथा भण्डारण भइरहेको सूचनाको आधारमा प्रहरीले ठूलो परिमाणमा भेप बरामद गरेको छ । उपत्यका अपराध महाशाखाको टोलीले खिचापोखरीस्थित आरबी व्यावसायिक भवनमा छापा मार्दा २९ हजार १४० थान अवैध भेप बरामद भएको हो । प्रहरीले यस घटनामा संलग्न नविन खड्कालाई पक्राउ गरेको छ ।
3 समाचार
·
2 दिन अघि