नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज

नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार, उद्योगको माग सम्बोधन गरिने नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार, उद्योगको माग सम्बोधन गरिने

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्नातक तहको नयाँ सूचना प्रविधि (आईटी) पाठ्यक्रम तयार गर्न थालेको छ। स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडिसी) र स्वीसकन्ट्याक्टको सहयोगमा नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा यो पाठ्यक्रम निर्माण प्रक्रिया अघि बढेको हो। यसले विद्यार्थीमा व्यावहारिक सीप र क्षमता विकास गरी 'स्किल ग्याप' हटाउने अपेक्षा गरिएको छ।

18 समाचार · 5 दिन अघि
अमेरिकामा सम्पन्न नेपाल टेक रोडशो २०२६ ले नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत गर्‍यो अमेरिकामा सम्पन्न नेपाल टेक रोडशो २०२६ ले नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत गर्‍यो

अमेरिकाको डलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपभाइनमा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा आयोजित यस कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा स्थापित गर्नु थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेख्य सहभागिता थियो।

10 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग