नेपाली कांग्रेसले मनिष कोइरालालाई नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गर्यो
नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ। पार्टी सभापति गगनकुमार थापाले विधानको धारा ४२ (१) (च) बमोजिम कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन्। गत वैशाख २१ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार यो नियुक्ति गरिएको हो।
18 समाचार
·
3 दिन अघि