नेपाल भलिबल संघ

प्रहरीले भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो प्रहरीले भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो

नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरी जवान चन्द २०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको र सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो। सात दिनभित्र हाजिर नभएमा प्रहरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।

7 समाचार · 1 दिन अघि
निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त

नेपाल भलिबल संघले निरुता ठगुन्नालाई नेपाली महिला राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ। पूर्वकप्तान अरुणा शाही विदेश गएपछि रिक्त भएको पदमा ठगुन्नालाई जिम्मेवारी दिइएको हो। ठगुन्नाको कप्तानीमा नेपाली टोलीले आगामी साता काठमाडौंमा हुने काभा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ।

25 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग