प्रहरीले भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो
नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरी जवान चन्द २०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको र सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो। सात दिनभित्र हाजिर नभएमा प्रहरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।
7 समाचार
·
1 दिन अघि