बैतडीमा स्काभेटरको ठक्करबाट सडक निर्माण समितिका अध्यक्षको मृत्यु, चालक नियन्त्रणमा
बैतडीको पुर्चौंडी नगरपालिका–५ मा सडक निर्माणका क्रममा स्काभेटरको ठक्करबाट सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दलबहादुर बोहराको मृत्यु भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते बोहरालाई उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले स्काभेटर चालक ललित बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
3 समाचार
·
11 घण्टा अघि