सडक दुर्घटना

सुरुङ निर्माण क्रममा उपकरण खसेर कामदारको मृत्यु, एक घाइते
सुरुङ निर्माण क्रममा उपकरण खसेर कामदारको मृत्यु, एक घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा तराई–मधेश द्रुतमार्गअन्तर्गत सुरुङमा काम गर्ने क्रममा फलामको रिपिट उपकरण खसेर लाग्दा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार बर्दियाका करिब ३० वर्षीय रामगोपाल चौधरीको मृत्यु भएको छ भने मकवानपुरका २२ वर्षीय सन्तोष बम्जन घाइते भएका छन्।

5 समाचार · 9 घण्टा अघि
रोल्पामा हावाहुरीले ढालेको रूखले च्याप्दा दुई महिलाको मृत्यु रोल्पामा हावाहुरीले ढालेको रूखले च्याप्दा दुई महिलाको मृत्यु

रोल्पाको थवाङमा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी रुजु झाँक्री र मनबुजी झाँक्री रहेका छन्। उनीहरू बिरामी भेटेर फर्किने क्रममा रूखले च्यापिएका थिए।

4 समाचार · 10 घण्टा अघि
सांसद गजुरेलले पानीजन्य दुर्घटना रोक्न सरकारको ध्यानाकर्षण गराए सांसद गजुरेलले पानीजन्य दुर्घटना रोक्न सरकारको ध्यानाकर्षण गराए

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले नेपालमा पानीजन्य दुर्घटनाबाट हुने मृत्युको डरलाग्दो संख्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले नेपाल प्रहरीको तथ्यांकअनुसार वार्षिक करिब ४ सय जनाको डुबेर मृत्यु हुने गरेको र विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार यो संख्या १५ सयसम्म पुग्न सक्ने बताए। पीडितमध्ये आधाभन्दा बढी २५ वर्षमुनिका युवा र बालबालिका रहेको उनले उल्लेख गरे।

5 समाचार · 11 घण्टा अघि
बेल्जियममा रेलले विद्यालय बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु बेल्जियममा रेलले विद्यालय बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

बेल्जियमको बुगेनहाउटमा गुडिरहेको रेलले विद्यार्थी बोकेको मिनीबसलाई ठक्कर दिँदा दुई किशोर र बसका चालकसहित तीन जनाको मृत्यु भएको छ। बेल्जियमका यातायात मन्त्री जीन-लुक क्रुकले यो दुर्घटनालाई दुःखद बताएका छन् भने गृहमन्त्री बर्नार्ड क्विन्टिनले घटनाप्रति स्तब्धता व्यक्त गरेका छन्।

4 समाचार · 12 घण्टा अघि
रौतहटमा हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध रौतहटमा हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध

रौतहटमा सोमबार साँझ आएको हावाहुरीका कारण घर भत्किँदा फुलकुमारी देवीको मृत्यु भएको छ। हावाहुरीले बच्चेलाल रायको कच्ची घर भत्किँदा उनी च्यापिएर गम्भीर घाइते भएकी थिइन्, जसको उपचारका क्रममा मृत्यु भएको हो। यसैगरी, हावाहुरीले विद्युत्का पोल ढालेपछि चपुर–गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ।

15 समाचार · 13 घण्टा अघि
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

16 समाचार · 15 घण्टा अघि
मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई बालक घाइते मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई बालक घाइते

मकवानपुरको कान्तिलोकपथ सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने हेटौँडामा जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन्। प्रहरीका अनुसार, मकवानपुरगढीमा स्कुटर चालक दोर्जेरत्न योञ्जनको उपचारका क्रममा मृत्यु भएको हो। यसैगरी, हेटौँडा उपमहानगरपालिकामा साइकल अनियन्त्रित भई भिरबाट खस्दा दुई बालक घाइते भएका छन्।

7 समाचार · 17 घण्टा अघि

ताजा अपडेट

व्यक्ति र संस्थाहरू