भवबहादुर भण्डारी

रघुगङ्गा गाउँपालिकाको वडा कार्यालयमा सेवाग्राहीका लागि टोकन प्रणाली लागू रघुगङ्गा गाउँपालिकाको वडा कार्यालयमा सेवाग्राहीका लागि टोकन प्रणाली लागू

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको वडा कार्यालयमा सेवाग्राहीको सुविधाका लागि टोकन प्रणाली लागू गरिएको छ। सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न कुपन, मेसिन, साउण्ड सिस्टम र नम्बर सिस्टम जडान गरी पालैपालो सेवा लिने व्यवस्था मिलाइएको छ। यस प्रणालीले जन्म, मृत्यु दर्ता, बसाइँसराइ, नागरिकता सिफारिस, योजना भुक्तानी तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी कामका लागि आउने सेवाग्राहीको चाप व्यवस्थापनमा सहयोग पुग्नेछ।

4 समाचार · 1 दिन अघि
रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागू गर्‍यो रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागू गर्‍यो

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो रघुगङ्गा’ नामक पाठ्यपुस्तक लागू गरेको छ। गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार यो पाठ्यपुस्तकले बालबालिकालाई पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, सीप, प्रविधि, कृषि र पशुपालनजस्ता विषयबारे जानकारी गराउन सहयोग पुग्नेछ।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग