प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले राजनीतिक भागबण्डाका आधारमा केही संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरी भ्याकुम बनाएको आरोप लगाएको छ। कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगजस्ता निकायमा नयाँ नियुक्ति गर्नुअघि कानुनी कमजोरीहरू सुधार्न ऐनको चौथो संशोधन आवश्यक रहेको बताएका छन्।
9 समाचार
·
6 दिन अघि