सिञ्चाइ ट्याङ्की १४ वर्षदेखि अलपत्र, बाढीले पाइपलाइन र संरचनामा क्षति
स्याङ्जाको वालिङ नगरपालिकामा करिब पाँच हजार रोपनी खेतीयोग्य जमिनमा सिञ्चाइ सुविधा पुर्याउने उद्देश्यले १४ वर्षअघि निर्माण गरिएको आठ लाख लिटर क्षमताको सिञ्चाइ ट्याङ्की अलपत्र परेको छ। खानेपानी विभागसँगको सहकार्यमा ५६ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त ट्याङ्की २०८१ सालको बाढीले पाइपलाइन र आसपासका संरचनामा करिब १५ लाख रुपैयाँ बराबरको क्षति पुर्याएपछि प्रयोगविहीन बनेको छ। स्थानीय कृषकहरूले ट्याङ्की मर्मतका लागि पटकपटक माग गर्दै आएका छन्।
3 समाचार
·
8 घण्टा अघि