म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान
म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ। बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ। यो तालिमले परम्परागत सीपको संरक्षण र प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउने उद्देश्य राखेको छ।